PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी नुवाकोटमा बम विस्फोट



पहिलोपोस्ट

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी नुवाकोटमा बम विस्फोट

नुवाकोट : मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी साँझ बम विस्फोट भएको छ। 

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो।

मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell