PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०/५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन। शवलाई भरतपुर अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell