
मलेखु: उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा ८९ प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन्। रासस