.jpg)
काठमाडौं: बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल इन्टरनेशनल सिरिज-२०१७ ब्याडमिन्टन प्रतियोगिता पुस महिनामा हुने भएको छ।
डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, इन्डोनिसिया, इरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान, सिंगापुर, सिरिया, थाइल्याण्ड, भियतनाम र चिलीका २२५ खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव तथा सिरिका डेपुटी रेफ्री लवभक्त श्रेष्ठले जानकारी गराए।
८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला-पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने छ। २५३ म्याच रहेको प्रतियोगितामा पुरुष एकलमा ११३ खेलाडीहरुको सहभागिता रहने छ। यस्तै महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र मिस्क जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्ने डेपुटी रेफ्री श्रेष्ठले जनाएका छन्।
प्रतियोगितामा सर्वाधिक भारतका ९९ खेलाडीहरुको सहभागिता रहने र अहिलेसम्मकै सवैभन्दा ठुलो प्रतियोगिता रहेको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले बताए।
प्रतियोगितालाई भब्य तथा विवादरहीत बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ।