PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ला लिगा: बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी, अपराजित यात्रा कायमै



पहिलोपोस्ट

ला लिगा: बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी, अपराजित यात्रा कायमै

लियोनल मेसीले पहिलो हाफमा गरेको गोललाई मान्यता नदिएपछि लिग लिडर बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। भ्यालेन्सियाका लागि रोड्रिगो र बार्सिलोनाका लागि जोर्डी अल्वाले गोल गरे।

पहिलो हाफको ३०औँ मिनेटमा लुइस सुवारेजको क्रसमा मेसीले गरेको प्रहार भ्यालेन्सियाको गोलरक्षकले क्लियर गर्न नसकेपछि गोल लाइन पार गरेको थियो। तर रेफ्री इग्नासिओ इग्लेसिसले गोल मान्यता नदिएपछि बार्साले अग्रता ने मौका गुमाएको थियो।

६०औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि घरेलु मैदान मेस्टालामा भ्यालेन्सियाले पहिले अग्रता लियो। खेल सकिन ६ मिनेट अगाडी मेसीको पासमा जोर्डी अल्वाले गो फर्काएपछि बार्सा अंक खोस्न सफल भएको हो। बराबरीपछि दुवै टोलीले यस सिजन ला लिगामा अपराजित यात्रा कायमै राखेका छन्।

शीर्ष स्थानको बार्साले दोस्रो स्थानको भ्यालेन्सियामाथि ४ अंकको अग्रता भने कायम राखेको छ। १३ खेलबाट ३५ अंकका साथ बार्सा शीर्ष स्थानमा आसिन छ भने भ्यालेन्सियाको ३१ अंक छ।

लेभान्टेलाई ५-० ले पराजित गर्दै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ। एथ्लेटिकोका लागि एन्टोनी ग्रीजमन र केभिन गमेइरोले २-२ गोल गरे भने लेभान्टेका रोवर सुवारेजले एक आत्मघाती गोल उपहार दिए। जितपछि १३ खेलबाट रियल मड्रिड समान २७ अंक जोडेपछि गोल अन्तरमा एथ्लेटिको अगाडि रहेको हो।

यस दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै सेभियाले भियारियाललाई ३-२ ले पराजित गरेको छ। सेड्रिक बाकाम्पु र कार्लोस बाक्काले गोल गर्दै सेभियालाई २-० को अग्रता दिलाएका थिए। तर क्लेमेन्ट लेनलेन्ट, फ्रान्को भाज्क्वेज र एभर बनेगाले गोल गर्दै सेभियालाई ३ अंक दिलाए।

जितपछि १३ खेलबाट २५ अंक जोडेको सेभिया भियारियललाई पछि पार्दै पाँचौँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell