PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एसेस सिरिज : अष्ट्रेलिया १० विकेटले विजयी, १-० को अग्रता



पहिलोपोस्ट

एसेस सिरिज : अष्ट्रेलिया १० विकेटले विजयी, १-० को अग्रता

एसेस सिरिजको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले इंगल्याण्डमाथि १० विकेटको शानदार जित हासिल गरेको छ। ब्रिसबनको टेष्ट जितपछि अष्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

जितका लागि पाएको १७० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिन कुनै विकेट नगुमाई पूरा गरेको हो। अष्ट्रेलियाको लागि डेविड वार्नरले ८७ तथा डेब्युटान्ट क्यामरुन ब्यानक्रोफ्टले ८२ रन बनाए।

अष्ट्रलियाले ११४/० बाट चौथो दिनको खेल शुरु गरेको थियो। त्यसयता १६ ओभर खेल्दै घरेलु टोलीले जित हात पारेको हो।

अष्ट्रलियाको लागि पहिलो इनिङ्समा शतक बनाएका कप्तान स्टिभ स्मिथ म्यान अफ दी म्याच घोषित भए।

टस जितेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले पहिलो इनिङ्समा ३०२ रन बनाएको थियो भने अष्ट्रलियाले ३२८ रन जोडेको थियो। दोस्रो इनिङ्समा भने इंगल्याण्ड १९५ रनमै अलआउट भएपछि अष्ट्रेलियाले कम स्कवरको टार्गेट पाएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell