PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा, १२९ स्थानका हेलिकप्टरबाट ल्याइने

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा, १२९ स्थानका हेलिकप्टरबाट ल्याइने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा लगिसकिएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रममा छन्।आइतबार भएको मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell