PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट



पहिलोपोस्ट

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

जाजरकोट :  आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराइएको छ। 

आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। उनले भने,‘अवस्था सामान्य छ मतपेटिका सुरक्षित छन्।’

कुशे गाउँपालिका–१ को रोलखोलामा बम विस्फोट भएको हो। एकजना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले बताए। मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उनले जानकारी दिए। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ। गत शुक्रबार मात्रै सोही वडाका वडा अध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell