PahiloPost

Jun 24, 2026 | १० असार २०८३

डोल्पामा सवैभन्दा बढी ८१ र रोल्पामा ५५ प्रतिशत मत खस्यो, कुन जिल्लामा कति मतदान? हेर्नुस् सूची

डोल्पामा सवैभन्दा बढी ८१ र रोल्पामा ५५ प्रतिशत मत खस्यो, कुन जिल्लामा कति मतदान? हेर्नुस् सूची

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तह निर्वाचनभन्दा झण्डै दश प्रतिशत कम मतदान भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भएको मतदानमा तुलनात्मक रुपमा कम मतदान भएको हो। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार कम मत खस्नुमा मौसमसहित अन्य कारण पनि रहेको बताएका थिए।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार सवैभन्दा बढी मत डोल्पामा खसेको छ । डोल्पामा डोल्पामा ८१ प्रतिशत मत खसको छ। यस्तै, रसुवामा ८० र हुम्लामा ७९ प्रतिशत मत खसेको छ ।

सवैभन्दा कम मतदान रोल्पामा भएको छ। रोल्पामा ५५ प्रतिशत मत खसेको छ। यस्तै, खोटाङमा ५६, भोजपुर ५७, कालिकोट ५७ र बैतडीमा पनि ५७ प्रतिशत नै मत खसेको छ।

कुन जिल्लामा कति मतदान?



ट्रेन्डिङ पोस्ट

Ncell