
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन्।
संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा नेता नेपालले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको भन्दै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँच बढाउनुपर्ने बताए।
देशमा भएका स्रोतसाधनलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको भन्दै नेपालले आगामी निर्वाचनमा जनताले गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस