PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको अपराजित यात्रा कायमै

एडिनसन कभानी र नेमारले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा साविक विजेता मोनाकोलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

मोनाकोको मैदानमा भएको खेलमा पिएसजीका लागि कभानीले १९औँ तथा नेमारले ५२औँ मिनेटमा पेनाल्टीबाट गोल गरे। मोनाकोका लागि ८१औँ मिनेटमा जाओ माउटिन्होले एक गोल फर्काए।

जितपछि पिएसजी १४ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ। मोनाको भने सिजनको तेस्रो हारपछि गोल अन्तरमा लियोनसँग पछि पर्दै तेस्रो स्थगानमा झरेको छ।

नाइसलाई ५-० ले हराउदै २९ अंक जोडेको लियो गोलअन्तरमा अगाडी हरदै दोस्रो स्थानमा उक्लेको हो। लियोनको लागि मेमफिस डिपाएले २ तथा म्याक्सवेल कोर्नेट, मारियानो डियाज र माओलिडाले १-१ गोल गरे। ७०औँ मिनेटमा मार्लो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नाइस दश खेलाडीमा झरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell