PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

गुल्मीमा कांग्रेस नेतालाई लक्षित गरी बम प्रहार



चन्द्रकान्त खनाल

गुल्मीमा कांग्रेस नेतालाई लक्षित गरी बम प्रहार

बुटवल :  गुल्मीको मुसिकोट नगरपालिका १ को नेटामा नेपाली कांग्रेसका नेतालाई लक्षित गरी बम बिस्फोट भएको छ। क्षेत्र नम्बर दुई अन्तरगत मालिका गाउँपालिकाको दर्लिङमा कांग्रेसको चुनावी सभामा सहभागी हुन जाँदै गरेका नेताहरुलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको हो।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नम्बर दुईका पार्टी सभापति भगत खड्का सवार लु १ च ९४५८ नम्बरको जिपलाई लक्षित गरी बम प्रहार भएको हो।

 माथिबाट फालिएको बम गाडी भन्दा ५ मिटर पछाडि विस्फोट भएकाले आफूहरु बाँच्न सफल भएको नेता खड्काले जानकारी दिएका छन्।

 जिल्ला प्रहरी कार्यालयले पौदी अमराई प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पठाएको जनाएको छ। नेपाली कांग्रेस गुल्मीले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell