PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सिरहामा सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ



पहिलोपोस्ट

सिरहामा सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौं :  आइतबार सिरहामा ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा शिव रोए, मनोज रोए र सुरेन्द्र रोए छन्। उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए। 

घाइते दुबैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।सोमबार बिहान घाइते प्रहरीको स्वास्थ्यस्थितिबारे जानकारी लिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल प्रहरी अस्पताल पुगेका थिए।

नियमित चेकजाँचमा रहेका प्रहरीमाथि गोली प्रहार गरी भाग्दै गरेका उनीहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो। मोटरसाइकलमा पेस्तोलसहित आएका शिव र मनोजले प्रहरीमाथि गोली प्रहार गरेका थिए। गोली लागेर प्रहरी ढलेपछि उनीहरु मोटरसाइकल छाडेर भागेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell