PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित : सुरक्षा र मतदाता शिक्षामा ध्यान



पहिलोपोस्ट

निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित : सुरक्षा र मतदाता शिक्षामा ध्यान

काठमाडौं :   पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएलगत्तै निर्वाचन आयोग देस्रो चरणको निर्वाचनमा केन्द्रीत भएको छ। पहिलो चरणमा भएका कमीकमजोरीलाई मध्यनजर गर्दै आयोगले दोस्रो चरणको निर्वाचनलाई सशक्त पार्ने जनाएको छ। 

दोस्रो चरणको निर्वाचनका लागि आयोगले मतदाता शिक्षा र सुरक्षालाई जोड दिएको छ। बदर मत कम गर्न मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा खटाइएको अायाेगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार १९ र २० गते मतदान केन्द्रमा परिचयपत्र लिन आउनेलाई मतदातालाईसमेत मतदाता शिक्षा दिने व्यवस्था मिलाइएको छ। 

 आयोगले दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।आयोगले धेरै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाइसकेको छ भने मतपत्र, मतपेटिकासहित निर्वाचनमा खटिने जनशक्ति १८ गतेभित्र मतदान केन्द्रमा पुगिसक्ने प्रवत्ता ढकालले बताए। 

४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधि सभाका लागि १२८ निर्वाचन क्षेत्र छन्। १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको निर्वाचनमा १ करोड २२ लाख ३५ हाजार ९९० मतदाताले मतदान गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell