PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

राजनीतिक अस्थिरता वाम गठबन्धनले अन्त्य गर्छः प्रचण्ड



पहिलोपोस्ट

राजनीतिक अस्थिरता वाम गठबन्धनले अन्त्य गर्छः प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताएका छन्। 

माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको भन्दै वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने दाबी गरे। 

उनले सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको सुरुवात गर्ने बताए।

अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनावर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल सुरु गर्ने प्रितिबद्धतासमेत गरे।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell