काठमाडौं: गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। 'तिमी मेरो जिन्दगी' बोलको गीत भिडियोसहित युट्युबमार्फत रिलिज भएको हो।
जगत नबोदितको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीति भिडियोमा मेलिना राई स्वयंमको फिचरिङ रहेको छ। भिडियोमा उनीसँगै गायक रेवत राई पनि देखिएका छन्। शान थापाले निर्देशित भिडियोलाई ओम प्रसाईले खिचेका हुन्।
एल्बम अलग 'उपहार'मा समावेश गीत मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीति भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।