
जाकार्ता : इन्डोनेसियाको बाली टापूमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।
ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई अन्यत्रै सारिएको अधिकारीले जानकारी दिएका छन् ।
सतर्कता अपनाउँदै त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ ।
यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडिसकेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन निकायले जनाएको छ।
सरकारी अधिकारीहरुले ज्वालामुखि विस्फोट हुन सक्ने क्षेत्रबाट १२ किलोमिटर टाढा रहनको लागि आग्रह गरेका छन्। रासस/एएफपी