PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

'मिस युनिभर्स २०१७'को ताज साउथ अफ्रिकालाई, नेपाल पारम्भिक चरणमा आउट



पहिलोपोस्ट

'मिस युनिभर्स २०१७'को ताज साउथ अफ्रिकालाई, नेपाल पारम्भिक चरणमा आउट

'मिस युनिभर्स २०१७' मिस साउथ अफ्रिकाले जितेकी छिन्। विश्वभरका ९२ प्रतिस्पर्धीलाई पछि पार्दै साउथ अफ्रिकाकी डेमिलेग नेलपेटर्सले ताज पहिरेकी हुन्। २२ वर्षिय डेमिलेग अमेरिकामा बस्दै आएकी थिइन् भने उनी मोडलको रुपमा काम गर्दै आएकी थिइन्।



मिस युनिभर्स २०१७मा मिस जमाइका डेभिना बेन्नेट सेकेन्ड रनर्सअप र मिस कोलम्बिया लाउरा गोन्जालेज फस्ट रनर्सअप भए।



प्रतियोगिताको ६६ औं संस्करणबाट नेपाल पारम्भिक चरणमै बाहिरियो। यो नेपालको पहिलो सहभागिता थियो। जसमा मिस नेपाल अर्थ २०१२ ले नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। नग्मा प्रतियोगिताको 'बेस्ट इन इभिनिङ गाउन' सेसनमा भने उत्कृष्ट ९ मा पर्न सफल भएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell