PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

इस्लामिक कट्टरपन्थीको हिंसात्मक प्रदर्शन बढ्दैगएपछि पाकिस्तानका कानुन मन्त्रीले दिए राजिनामा



पहिलोपोस्ट

इस्लामिक कट्टरपन्थीको हिंसात्मक प्रदर्शन बढ्दैगएपछि पाकिस्तानका कानुन मन्त्रीले दिए राजिनामा
फोटो श्रोतः geo.tv

इस्लामाबाद :  पाकिस्तानका कानुन मन्त्री जहिद हमिदले राजिनामा दिएका छन्।इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार गरेको हिंसात्मक प्रदर्शनका  कारण उनले राजिनामा दिएका बताइएको छ। 

पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रदर्शन भएको थियो। 

देशलाई द्वन्द्वबाट बाहिर निकाल्न हमिदले आफ्नो राजिनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान बुझाएका एसोसिएटेट प्रेस अफ पाकिस्तानले जानकारी दिएको छ। तर राजिनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन। 

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ता भन्दा बढी समययता हमिदको राजिनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। हमिदले आइतबार अबेर राति राजिनामा दिएका थिए। 

हमिदको राजिनामापछि ११ दिनसम्म जारी हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell