PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भारत इनिङ्स र २३९ रनले विजयी, सिरिजमा १-० को अग्रता



पहिलोपोस्ट

भारत इनिङ्स र २३९ रनले विजयी, सिरिजमा १-० को अग्रता

सोमबार नागपुरमा चौथो दिनैमा जित हात पारेपछि भारतले तीन टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ। यसअघि पहिलो टेष्ट बराबरीमा सकिएको थियो।

भ्रमणकारी टोली श्रीलंका चौथो दिन १ सय ६६ रनमै अलआउट भएपछि भारतले फराकिलो जित हात पारेको हो। २१/१ बाट दिनको खेल शुरुवात गरेको श्रीलंकालाई इनिङ्स हार जोगाउन ३८४ रन बनाउनु आवश्यक थियो। भारतले पहिलो इनिङ्स ६१० रन बनाएर डिक्लेयर गरेपछि श्रीलंका ४०२ रनले पछि परेको थियो।

श्रीलंकाका लागि कप्तान दीनेश चण्डिमलले ६१ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन। भारतका लागि रविचन्द्रन आश्विनले ४ तथा इशान्त शर्मा, रविन्द्र जडेजा र उमेश यादवले समान २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका पहिलो इनिङ्समा २०५ रन बनाएर आलआउट भएको थियो भने भारतले ६१० रन बनाएको थियो।

आश्विनले समग्रमा ८ विकेट लिए भने टेष्ट क्रिकेटमा विकेट संख्या ३ सय पूर्‍याए। आश्विक टेष्टमा सबैभन्दा चाँडो ३ सय विकेट लिने खेलाडी बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell