
काठमाडौं : छातीमा इन्फेक्सन भएका कारण अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि डिस्चार्ज्ड भएका छन्।
प्रदेश नम्बर २ को चुनावी प्रचारमा सक्रिय रहेकै बीच स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उनी राजधानीको ओम हस्पिटलमा भर्ना भएका थिए।
नेता निधि ८ दिनपछि आज डिस्चार्ज्ड भएका हुन्। उनी फेरि चुनावी अभियानका लागि बुधवार जनकपुर जाँदैछन्। धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका निधिको क्षेत्रबाटै राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो पनि चुनावी प्रतिस्पर्धामा छन्।