काठमाडौं : प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं २९ गल्कोपाखाबाट बा ८० प ५०३८ नम्बरको माेटरसाइकलमा सवार रानीवारी वस्ने २३ वर्षीय राजकुमार श्रेष्ठ र शिव श्रेष्ठलाई प्रहरीले नगद २६ लाख १५ हजारसहित पक्राउ गरेको हो। श्रेष्ठले हुन्डी कारोवार गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।