PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आफैलाई 'मुर्ख' भन्दा आक्रोशको शिकार बनिन् ऋचा शर्मा, प्रियंका र स्वस्तिमाले गरे स्टाटस डिलिट



पहिलोपोस्ट

आफैलाई 'मुर्ख' भन्दा आक्रोशको शिकार बनिन् ऋचा शर्मा, प्रियंका र स्वस्तिमाले गरे स्टाटस डिलिट

काठमाडौं: शनिबार युट्युबमार्फत एक सार्वजनिक कार्यक्रममा अभिनेत्री ऋचा शर्मा बोलेको भिडियो सार्वजनिक भयो। भिडियोमा उनले फिल्मको विषय उठान र प्रस्तुति बारे बोलेकी छिन्। शर्माले फिल्म 'छक्का पञ्जा' हेर्दा आफूले अनुभव गरेको कुरालाई उदाहरणको रुपमा व्यक्त गरिन् जसका कारण छक्का पञ्जा युनिटले सामाजिक सञ्जालमार्फत ऋचालाई व्यङ्ग्य गरे।

यो विषय अहिले फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ। भिडियोमा ऋचाले भनेकी छिन्,'छक्का पञ्जामा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ। जुन दृश्य हेरेर दर्शकहरु खुब हाँसे र ताली पनि पिटे। दर्शक रमाएको देखेर लाग्यो देखाउन हुने सामान्य कुरा देखाएको हो त? तर महिला, पुरुष सबै रमाएको देखेर मलाई चाहिं रिस उठेको थियो।’

भिडियोमा उनले दीपाश्री निरौलालाई प्रत्यक्ष रुपमा प्रश्न गरेको पनि प्रष्ट पारेकी छिन्। उनले सोधेकी थिइन्,'दीपा दिदी तपाईं महिला भएर के फिल्म बनाउनु भएको यो?' उनले आफ्नो फिल्म 'आधा लभ'ले भने समाजका ५ गम्भिर विषय उठाए पनि पाँच दिन पनि हलमा नटिकेको समेत बताइन्।

ऋचाले राखेको उक्त अभिव्यक्तिका कारण छक्का पञ्जा युनिट भने आक्रोशित प्रस्तुत भयो। फिल्म युनिटका निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकारहरु प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारी लगायतले ऋचालाई व्यङ्ग्य गर्दै एउटै स्टाटस पोस्ट गरे। लेखेका छन्,'एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ।’ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन।' 



तर सार्वजनिक भिडियोमा ऋचाले दर्शकलाई 'मुर्ख' भनेको भने सुनिंदैन। भिडियोमा ऋचाले आफू र आफ्ना साथीहरु 'फूल' महसुस भएको बताएकी छिन्।

भिडियोका कारण दीपकराज गिरीले स्टाटस लेख्नु उनका फलोअर्सका लागि नयाँ विषय होइन किनकी उनी आफू र आफ्नो फिल्म सम्बन्धित विषयमा निकै प्रतिक्रियात्मक रुपमा प्रस्तुत हुन्छन्। सकारात्मक प्रतिक्रियामा ताली र आलोचनामा गाली दिने दीपकराज गिरीको प्रवृत्तीलाई लिएर उनका पोस्टमा पनि मिश्रित प्रतिक्रिया देख्न सकिन्छ।



तर दीपकले लेखेको उक्त स्टाटस एक घण्टा पछि दीपाश्री निरौलाले सारिन्।



निर्देशक, निर्माताको बाटो पच्छ्याउँदै करियरको हिसाबले ऋचाभन्दा कान्छा कलाकारहरुले पनि उक्त स्टाटस कपि पेस्ट गरे। प्रियंका र स्वस्तिमाले भने उक्त स्टाटस हटाएका छन्।

छक्का पञ्जा २ मा अभिनय गरेकी स्वस्तिमाले त कमेन्टमा एक रिप्लाई लेख्दै भनेकी थिइन्,'मेरो फिल्म लभ लभ लभ चलेन त अब म दर्शकलाई मुर्ख भनुँ?' हाल उनको वालमा स्टाटस भने भेटिदैन। 



ऋचाले भिडियोमा फिल्म हेर्दै गर्दा आफू मुर्ख जस्तो महसुस भएको भनिए पनि छक्का पञ्जा युनिटले दर्शकलाई मुर्ख भनेको आरोप सहित पुरा युनिट ऋचाको अभिव्यक्ति विरुद्ध उत्रियो। 


प्रियंका कार्कीको फोटोमा स्टाटस डिलिट भएको बारे प्रश्न। 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell