- लक्ष्मण न्यौपाने
देवदह (रुपन्देही) : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कृषितथा सहकारी मन्त्री छविलाल विश्कर्माले मुलुकमा स्थायी सरकार चल्न नदिने र सधै अस्थिर सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस रहेको बताएका छन्।
संयुक्तवाम गठबन्धनको देवदह ३ र ४ को घरदैलोका क्रममा टटेरामा आयोजित कार्यक्रममा बोल्दै वामपन्थीहरुलाई बहुमत प्राप्त भएर ५ वर्ष स्थिर सरकार चलाउन पाएको खण्डमा मात्र मुलुकको समग्र विकासको एकिकृत योजना बनाई विद्यमान समस्याहरुको समाधान गर्ने प्रतिवद्धता समेत जनाए।
रुपन्देही क्षेत्र नं १ का उम्मेदवार समेत रहेका विश्वकर्माले यस क्षेत्र लगाएत देशै भरी रहेको अव्यवस्थित बसोबास र भूमीहीन किसानहरुको समस्या समाधान पनि आफ्नो मुख्य एजेण्डा रुपमा रहेको उल्लेख गरेका छन्।