
काठमाडौं : शैक्षिक संस्था कारखाना र स्वतन्त्र नागरिक सञ्जालको आयोनामा भोलि मतदान मेला आयोजना हुने भएको छ। काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई मतदानका विषयमा जानकारी गराउने उद्देश्यले आयोजना हुन लागेको मेलामा कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतीसमेत दिनेछन्।
'काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरुलाई लक्षित गर्दै दिउँसो १२ देखि बेलुका ४ सम्म मतदाता मेला आयोजना गरिएको छ,' आयोजकले भनेको छ, 'आम सर्बसाधारणहरुलाई आफ्नो क्षेत्रमा कस्ता कस्ता उम्मेदवारहरु उठेका छन्, सहि तरिकाले भोट कसरी हाल्ने, आफ्नो मतको कसरी सहि सदुपयोग गर्ने जस्ता जानकारी दिने उद्देश्यले मतदाता मेला आयोजना गरिएको हो।'
'राम्रा उम्मदेवार चिनौ र चुनौ' भन्ने मूल नाराका साथ आयोजना गरिने मतदाता मेलामा राष्ट्रिय स्तरका कलाकारहरु गीत संगीतको माध्यमबाट निर्वाचन सम्बन्धी जानकारी तथा मनोरंजन प्रदान गर्नेछन्। मेलामा निर्वाचन सम्बन्धी जानकारीमुलक स्टलहरु राखिनुका साथै क्षेत्र नम्बर ४ का स्वतन्त्र मतदाताहरुले आफ्नो कुराहरु राख्ने कार्यक्रम रहेको छ।