PahiloPost

May 15, 2024 | २ जेठ २०८१

चुनावपछि तत्काल पार्टी एकीकरण हुन्छ, भाँड्ने षड्यन्त्र नगर्नुस् : केपी ओली



चन्द्रकान्त खनाल

चुनावपछि तत्काल पार्टी एकीकरण हुन्छ, भाँड्ने षड्यन्त्र नगर्नुस् : केपी ओली

रुपन्देही : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुने भन्दै एकता भाँड्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्।

सोमबार रुपन्देही रुद्रपुर स्थित हरैयामा भएको आमसभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै त्यसका लागि दुई पार्टी बीचको एकता जरुरी रहेको बताए।
 
उनले भने, 'हामीले जनताले कसरी सहज रुपमा सेवा सुविधा पाउँछन् भन्नेतर्फ केन्द्रित भएका छौँ,त्यसका लागि भारी बहुमतसहितको स्थायी सरकार बनाउनु पर्छ। त्यसको जिम्मा नेपाली जनतालाई छ।'
 
ओलीले एमालेको अल्पमत सरकारले आफ्नो गाउँ आफै बनाऔे, वृद्ध भत्ता लगायतका लोकप्रिय कार्यक्रम ल्याएको स्मरण गराउँदै कांग्रेसको  बहुमतको सरकारले  के काम गर्‍यो भनी प्रश्न गरे।

विश्व शान्तिको मुहानलाई केही ब्यक्तिहरुले मागी खाने भाँडाको रुपमा प्रयोग गरेकोे भन्दै अब लुम्विनीको विकास अन्तरराष्ट्रिय चासोको विषय बनेको उनले बताए। लुम्विनीलाई दक्षिण भारतीय सिमा र उत्तर हाइवेसम्म विस्तार गरेर यस क्षेत्रको कायापलट गर्ने दावी उनले गरे। 

नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) ले नेपालमा अब छिट्टै विभाजित कम्युनिष्टहरुको एकता हुन लागेको भन्दै यो घटना नेपालको इतिहासमा  ठूलो घटनाका रुपमा अंकित हुने बताए। उनले  वाम एकता देखेर देशी विदेशी शक्तिहरु आत्तिएको विश्लेषण गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell