इनरुवा : सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने जंगलमा पिकअप भ्यानको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ गइरहेको को१ज २७१४ नम्बरको पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेको को४प ६३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा ताङखुवा–३ का ४९ वर्षीय भरतकुमार सुब्बा र पहिचान खुल्न नसकेकी अन्दाजी ४० वर्षीय एक महिला छन्।
ठक्कर दिने पिकअप भ्यान, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।रासस