PahiloPost

Jun 24, 2026 | १० असार २०८३

हात्तीको आक्रमणबाट सुनसरीमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदारको मृत्यु भएको हो।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका उनीहरुलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। 

हात्तीको आक्रमणबाट ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन्। उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।रासस 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell