PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मार्कलसँग हुने



पहिलोपोस्ट

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मार्कलसँग हुने
फोटो श्रोतः telegraph.co.uk

लण्डन :  बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ। अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए। 

राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन्। प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो । 

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन्। 

उनीहरुले आगामी केही महिनापछि विवाह गर्ने र विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने बताइएको छ। 

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट उनले पाँचौ पालोमा राजगद्दी सम्हाल्नेछन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell