PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पूर्वराष्ट्रपति मुगाबेको जन्मदिनमा जिम्बाबेमा सार्वजनिक बिदा दिइने



पहिलोपोस्ट

पूर्वराष्ट्रपति मुगाबेको जन्मदिनमा जिम्बाबेमा सार्वजनिक बिदा दिइने

हरारे: पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जन्मदिन फेब्रुअरी २१ तारिखका दिन जिम्बाबेमा सार्वजनिक बिदा दिइने भएको छ।

जिम्बाबेको राजपत्रमा फेब्रुअरी २१ को दिनलाई रोबर्ट गाब्रेल मुगाबे राष्ट्रिय युवा दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय भएको सूचना प्रकाशित भएको छ।

युवा दिवसको अवसरमा बिदा दिनका लागि सत्तारुढ दल जानु–पीएफको युवा संगठनले पहल गरेको थियो। युवाहरुको सशक्तिकरणका लागि उनले खेलेको भूमिकाको सम्मानका लागि पार्टीले पनि युवा दिवस घोषणा गर्न दबाब दिएको थियो।

राष्ट्रपति मुगाबेले गत नोभेम्बर २१ मा राजीनामा दिएका थिए। राजीनामासँगै उनको ३७ वर्ष लामो शासन अन्त्य भएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell