PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सुरक्षा घेराभित्र राखिएका मतपेटिका कुर्न दलहरुले राखे आफ्नै प्रतिनिधि



पहिलोपोस्ट

सुरक्षा घेराभित्र राखिएका मतपेटिका कुर्न दलहरुले राखे आफ्नै प्रतिनिधि

जुम्ला: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन्।

भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ। जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिए।

सोमबार दिउसो ४:०० बजे भित्रिएका २७० वटै मतपेटिका सुरक्षाका लागि अदालत परिसरमा रहेको सरकारी वकिल कार्यालयमा राखिएको हो। त्यसको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र दलका प्रतिनिधिहरुले पनि २४ सै घण्टा सुरक्षा दिने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत खड्काले बताए।

सिलबन्दी गरिएको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दल दुवैको तालाबन्दी गरिएको छ। मतपेटिका सिल गरेर राखेको उक्त भवन भने सुरक्षाकर्मीको उच्च सुरक्षामा त हुने नै छ, त्यसमा अझ थप आ–आफ्नो उम्मेदवारी उठाएका दलले आफ्ना प्रतिनिधिहरुलाई पनि २४सै घण्टा काममा खटाउने निर्णय गरेका छन्।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको ४५ जिल्लाको दोस्रो चरणको चुनाव यही मंसिर २१ गते बेलुका ५:०० बजे सम्पन्न भइसकेपछि जुम्लाको मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell