
काठमाडौं : हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ। सिमिकोट विमानस्थलको धावनमार्गबाट सुर्खेतमा उडान भर्ने क्रममा आज बिहान विमान दुर्घटना भएको हो।
दुर्घटनामा चालक दलका दुई जना र एक प्रहरी घाइते भएका छन्। घाइते हुनेमा चालकद्वय बसन्त लामा र अनुप गुरुङ रहेका छन्। यस्तै प्रहरी हवल्दार पनि घाइते भएका छन्। उनको आँखामाथि चोट लागेको छ।
९ एन-एबीएम कल साइन रहेको ट्वीनअटर विमान उडानको क्रममा टायर पञ्चर भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा विमानको अगाडि भाग क्षति भएको छ।
विमानमा सवार अन्य यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ। विमानमा चुनावका लागि खटेर फर्किएका १३ जना प्रहरी पनि थिए।