PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लालबावु पण्डितलाई लक्षित गरी मोरङमा बम प्रहार



पहिलोपोस्ट

लालबावु पण्डितलाई लक्षित गरी मोरङमा बम प्रहार

काठमाडौं : वाम गठबन्धनका तर्फबाट मोरङ ६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट गराइएको छ।

मंगलबार बिहान पण्डितलाई लक्षित गरी सुतली बम विष्फोट गराइएको प्रहरीले जनाएको छ। बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा रहेको बाटोको छेउमा सुतली बम प्रहार भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए।

गाडीमा आएको युवकले बम फालेर भागेको भन्ने जानकारी आएको आचार्यले बताए। घटना कसले किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए। पण्डितको अवस्था सामान्य रहेको र चुनाव प्रचार-प्रसारलार्इ निरन्तरता दिइरहेको सिडिओ आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell