PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

२६ जिल्लाको मतपेटिका संकलन सकियो, ६ जिल्लाको ७१ स्‍थानको संकलन हुँदै



पहिलोपोस्ट

२६ जिल्लाको मतपेटिका संकलन सकियो, ६ जिल्लाको ७१ स्‍थानको संकलन हुँदै

काठमाडौं : पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका संकलनको क्रम जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन्। बाँकी ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार २ हजार ९१७ मतदान स्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ गरी ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेको छ।

 ६ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाइमार्गबाट सदरमुकाम ल्याउने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell