
जियानलुजी बफोन इटालियन सिरी ए को उत्कृष्ट खेलाडी चुनिएका छन्। टिम अफ दी इअरको अवार्डमा बफोनकै क्लब युभेन्ट्सका खेलाडीको वर्चस्व हात रहेको छ।
ग्रान गाला डेल साल्सिओ अवार्ड समारोहमा उत्कृष्ट खेलाडीको अवार्ड जित्ने बफोन पहिलो गोलरक्षक बनेका छन्।
यस्तै टिम अफ दी इअरमा बफोनसँगै फरवार्डद्वय पाउलो डिबला र गोन्जालो हिग्वेन, डिफेण्डर एलेक्स सान्ड्रो छन्। यस्तै रोमाबाट युभेन्ट्स पुगेका मिडफिल्डर मिरालेम पिजानिक, युभेन्ट्सबाट यसै सिजन एसी मिलान गएका लियोनार्डो बोनुची र युभेन्ट्सबाटै पिएसजी लागेका डिफेण्डर डानी अल्भ्ज पनि उत्कृष्ट टिममा समावेश छन्।
यसबाहके नेफोलीबाट फरवार्ड ड्राइ मर्टेन्स, मिडफिल्डर मारेक हमसिक र डिफेण्डर कालिडोउ काउलीबेली छन् भने रोमाका मिडफिल्डर राद्जा नाइङगोलन पनि टिम अफ दी इअरमा छन्।
सिरी ए कोच अफ दी इअरको अवार्ड नेपोलीका माउरिजिओ सारीले हात पारे।
यस्तै सिरी ए फुटबल क्लब अफ दी इअरको अवार्ड युभेन्ट्सले हात पार्दा गोलकिपर अफ दी इअरको अवार्ड पनि युभेन्ट्सकै बफोनले जिते।