PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बेनेभेन्टोले बनायो लागातार १४ लिग खेल हार्ने रेकर्ड



पहिलोपोस्ट

बेनेभेन्टोले बनायो लागातार १४ लिग खेल हार्ने रेकर्ड

यसै सिजन मात्र सिरी बी बाट प्रोमोट भएर इटालियन सिरी ए मा खेलेको बनेभेन्टोले लगातार १४ खेल हार्ने रेकर्ड बनाएको छ।

सिरी ए मा गएराती भएको खेलमा बेनेभेन्टोले एटलान्टासँग १-० ले पराजित भएको हो।

गत साता ससुलोसँग हारेपछि ८७ वर्षअघि म्यानचेष्टर युनाइटेडले बनाएको खराब रेकर्ड तोडेको बेनेभेन्टोले अहिले आफैँ खराब इतिहास बनाएको छ।

यस सिजन १४ खेलमा हार बेहोरेपछि बेनेभेन्टो सिरी ए मा अंकविहिन छ। बेनेभेन्टोले अहिले रेलगेशन जोन सुरक्षित हुनबाट १० अंकले टाढा छ। बेनेभेन्टोले १४ खेलमा ६ गोल मात्र गर्न सकेको छ भने कूल ३४ गोल खाएको छ।

१४ खेलबाट अपराजित रहदै ३८ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell