PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

एक दिनपछि सम्पर्कमा आए बाजुराका मतदान अधिकृत



रासस

एक दिनपछि सम्पर्कमा आए बाजुराका मतदान अधिकृत

बाजुरा : जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका-४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्।

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए। मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell