जाजरकोट : मतपेटिकाको सुरक्षाका लागि जाजरकोटमा तीनवटा सुरक्षा निकाय र दलका प्रतिनिधि खटिने भएका छन्।
समानुमातिक र प्रत्यक्षतर्फका मतपेटिकालाई छुट्टाछुट्टै स्थानमा राखेर सुरक्षा दिइने भएको छ। समानुपातिकतर्फको मतपेटिका वृद्धाश्रममा राखिने र त्यहाँ दलका प्रतिनिधि र सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए।
त्यस्तै प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतपेटिका माथिल्लो थाप्लेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। मत पेटिकाको सुरक्षा दलका प्रतिनिधि र तीनैवटा सुरक्षा निकायले गर्ने उनले बताए। सबै दलले मतपेटिका राखेको ठाउँमा ताला लगाएका छन्।
जाजरकोटका ८५ वटा निर्वाचनस्थलको मतपेटिका सुरक्षाका लागि दलका प्रतिनिधि र स्थानीय प्रशासनले यस्तो सहमति गरेका हुन्।