PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

स्वर्गीय आलोक नेम्वाङ निर्देशित अन्तिम भिडियो युट्युबमा



पहिलोपोस्ट

स्वर्गीय आलोक नेम्वाङ निर्देशित अन्तिम भिडियो युट्युबमा

काठमाडौं: स्वर्गिय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ। 'यो मनलाई' बोलको गीति भिडियो युट्युबमार्फत रिलिज भएको हो।

प्रह्लाद तिमिल्सिनाको स्वर रहेको गीतमा काली प्रसाद बास्कोटाको शब्द र आलोक श्रीको संगीत रहेको छ। 'महक' एल्बममा समावेश गीतको संयोजन महाराज थापाले गरेका हुन्। भिडियोमा अनिल बस्नेत र एलिजा थापाको फिचरिङ रहेको छ। धिरजजंग शाहले खिचेको भिडियो सम्पादन प्रकाश तुलाधारले गरेका हुन्।



उक्त भिडियोलाई २०७१ कार्तिकको दोस्रो साता छायांकन गरिएको गायक तिमिल्सिनो दाबी छ। त्यसको केही दिन पछि अर्थात २०७१ कात्तिक २० गते आलोक नेम्वाङले धापासीको ग्रान्डी भिल्लामा आफु बस्दै आएको अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए।

'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई', 'कसको आँखा लाग्यो' लगायत उनले दर्जनौं चर्चित म्युजिक भिडियो निर्देशन गरेका छन्। सानो संसार उनको चर्चित चलचित्र हो। सानो संसारपछि उनले दोस्रो फिल्म 'कोही मेरो'को पनि निर्देशन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell