PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्ने



पहिलोपोस्ट

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्ने
फाइल फोटो : https://www.voanews.com

याङगोन :  सोमबार म्यानमार पुगेका पोप फ्रान्सिसले म्यानमारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै छन्।

रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको आलोचना भइरहेको समयमा शुरु भएको पोपको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

म्यानमारमा गत अगष्ट २५ देखि शुरु भएको जातीय समहूमाथिको ज्यादतिका कारण नोवेल शान्ति पुरस्कार विजेता रहेकी सुकीको आलोचना भएको थियो।

विश्वमै परिचित प्रजातन्त्रवादी नेत्री देशको शासन सत्तामा रहेकै बेला आफ्नै देशबाट यसरी नागरिक लखेटिएर शरणार्थीका रुपमा विदेशमा बस्नुपर्ने अवस्था आएको भन्दै उनको आलोचना भएको हो।

कतिपय देशका नगारिकले उनले प्राप्त गरेको नोवेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहित नोवेल कमिटीलाई हस्ताक्षर गरेर बुझाएको थियो।

म्यानमारकी यी वरिष्ठ प्रजातन्त्रवादी नेतृ सुकीसँग विवादका बीच पोपले गर्न लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
 

अहिले पनि रोहिङ्ग्या मुस्लिम समुदायमाथि यस्तै ज्यादति भएको छ। जसले गर्दा उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए। उनीहरु हाल बङ्गलादेशमा शरणार्थीका रुपमा रहेका छन्।

मङ्गलबार उनले सुकीसँगको भेटवर्ताका क्रममा पनि यस्तै धार्मिक सहिष्णुताको सन्देश दिने र रोहिङ्ग्या समुदायका नागरिकलाई स्वदेश फिर्ता गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्ने अनुमान गरिएको छ।

चार दिने भ्रमणमा पोप सोमबार म्यानमार पुगेका हुन्। यद्यपि गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको बङ्गलादेशको विदेशमन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

म्यानमारकी नेत्री सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा सम्पन्न बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयास दुई महिनाभित्र शुरु गर्ने सहमति भएको समाचारमा जनाइएको थियो।

तर यस कार्यका लागि मिति भने तय भएको छैन। म्यान्माली शरणार्थीहरुले बङ्गलादेशको तटीय सहर कोक्स बजारमा गएको अगष्ट २५ देखि कष्टपूर्ण रुपमा दिन व्यतित गरिरहेका छन्। रासस/एएफपी
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell