PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

अब ५० वर्ष वाम गठबन्धनको सरकार : प्रचण्ड



रासस

अब ५० वर्ष वाम गठबन्धनको सरकार : प्रचण्ड

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन्।

पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने 'अब देशमा संमृद्धि आउँछ। चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्‍याउन चाहन्छु।'

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने 'शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न। उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ।'

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उनले गरे।

उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

 

अबको जिम्मेवारी विकास : मन्त्री पाण्डे

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताए।

उनले भने 'अबको मेरो जिम्मेवारी विकास हो। म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन। वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदैआएको छु।'

देशको ठूलो पार्टी नेपाली कांग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको बताउँदै पाण्डेले भने, 'मेरो जीत नै जनताको जीत हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell