PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उद्योगमा एघार अर्ब लगानी



पहिलोपोस्ट

उद्योगमा एघार अर्ब लगानी

दाङ : जिल्लामा स्थापना भएका उद्योगमा हालसम्म १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ।

उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो।

लगानी सिमेन्ट उद्योगबाहेक अन्य उद्योगमा पनि भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए। उनले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग खुलेको र दर्ता भएको बताए।

जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग ७४८ वटा दर्ता भएको छ। त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६२२, पोल्टी फिड ५८६, फर्निचर उद्योग ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन्। कृषि बहुउदेश्यीय उद्योग ३०७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन्।

यी ५४ प्रकारका उद्योगले वार्षिक आठ अर्ब ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिएका छन्। ती उद्योगमा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन्।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन सय आठ उद्योग दर्ता भएका छन् भने ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell