PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'मिस राई २०१८'को लागि आवेदन खुला



पहिलोपोस्ट

'मिस राई २०१८'को लागि आवेदन खुला

काठमाडौं: ‘मिस राई २०१८’ को लागि आवेदन खुला भएको छ। किराँतीहरुको नयाँ वर्ष यलेतोङ्बे ५०७८ को अवसरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिताको लागि किराँत राई मौलिक कला संस्कृति केन्द्रले आवेदन खुला गरेको बारे जानकारी दियो।

यो मिस राईको छैठौं संस्करण हुनेछ। कम्तिमा ५ फिट उचाई तथा एसएलसी (एसईई) उत्तिर्ण १६ देखि २६ वर्ष उमेर समूहको किराँत राई समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन्। सहभागी हुन इच्छुक सहभागीले मंसिर २२ गतेसम्म अवेदन दिनु पर्नेछ। पहिलो चरणको अडिसन २३ मंसिरमा हुँदैछ।

किराँत राई मौलिक कला संस्कृति केन्द्र चाबहिल तथा धुन कला केन्द्र पुरानो बानेश्वरमा आवेदन फारम लिन सकिने छ। आयोजकका अनुसार ‘मिस राई–२०१८’ को विजेतालाई स्कूटर तथा फस्ट, सेकेन्ड र थर्ड रनर्सअपका लागि मोबाइल पुरस्कार दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell