PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जाहिर खानको वेडिङ रिसेप्सनमा 'विराट-अनुष्का'को डान्स



पहिलोपोस्ट

जाहिर खानको वेडिङ रिसेप्सनमा 'विराट-अनुष्का'को डान्स

क्रिकेटर जाहिर खान र सगारिका गाट्जको वेडिङ रिसेप्सनमा खेलकुद क्षेत्रका चर्चित नामहरुको उपस्थिति थियो। तर भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको उपस्थितीले सबैको ध्यान तान्यो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विराट र अनुष्का एकै पटक भेटिए त्यसले ठूलै चर्चा पाउने गर्छ।

वेडिङ रिसेप्सनमा विराट ग्रे सुट तथा अनुष्का ग्रे एण्ड शिल्भर मिश्रित लेहेश्रगामा उपस्थित थिए।

जाहिर-सगारिकाको वेडिङ रिसेप्सनमा विराट र अनुष्काले डान्ससमेत गरे। उनीहरुको डान्सले सबैलाई आकर्षित गरेको थियो।

वेडिङ रिसेप्सनमा विराटसँगै मास्टर ब्लास्टर सचिन तेन्दुलकर, राहुल द्रविड, अजित अग्राकार, विरेन्द्र सेहवाग, सानिया मिर्जा, आशिष नेहरा, युवराज सिंह लगायतको उपस्थिति थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell