PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

राजपा भन्छ : प्रहरीलाई नै पक्राउ गरियोस्



पहिलोपोस्ट

राजपा भन्छ : प्रहरीलाई नै पक्राउ गरियोस्

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव प्रचार प्रसारमा अवरोध गरेको भन्दै प्रहरीलाई नै पक्राउ गरी विभागीय कारवाही गर्न माग गरेको छ।

सोमवार राति रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाको चुनाव प्रचार प्रसारका क्रममा प्रहरीले लाठी चार्ज गर्दै प्रचार सामाग्री नियन्त्रणमा लिएको राजपाको आरोप छ।

रौतहटको माधवनारायण नगरपालिका ८ स्थित रजवडा टोलमा राजपाको प्रचार प्रसारको क्रममा स्थानीय प्रहरी चौकीका इन्चार्ज असइ समन मोक्तान नेतृत्वको टोलीले लाठी चार्ज गर्नुका साथै प्रचार सामाग्री खोसेको थियो। सोही क्रममा राजपाका नेता दुर्गेश झासहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

उक्त घटनाको विरोध गर्दै राजपाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै असइ मोक्तानलाई विभागीय कारवाही गरी पक्राउ गर्न सरकारसँग आग्रह गरेको छ।

प्रवक्ता डा.डिम्पल झाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा केही पार्टीहरुले प्रशासनको बलमा चुनाव जित्ने प्रयास गरेको आरोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell