
नैरोवी : केन्यामा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति उहुरु केन्याटा निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि सपथ लिन लागेका छन्।
केन्याको सर्वोच्च अदालतले गत महिना भएको पुनः निर्वाचनबाट राष्ट्रपति केन्याटा अर्को कार्यकालका लागि पुनः निर्वाचित भएको ठहर गरेसँगै सपथ लिन लागेका हुन्।
उनले मङ्गलबार राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि सपथ लिन लागेको केन्याका सरकारी प्रवक्ताले बताएका छन्।
अदालतको निर्णयसँगै केन्याटालाई नयाँ कार्यकालका लागि सपथ लिन बाटो खुलेको हो। उनले अदालतको यस निर्णयको स्वागत गरेको थियो।
गत महिना भएको निर्वाचनमा केन्याटा पुनः निर्वाचित भएपछि केन्याटाले धाँधली गरेको आरोप लगाउँदै दायर भएको रिट निवेदनमाथि निर्णय सुनाउँदै अदालतले फैसला सुनाएको हो।
केन्यामा यसै वर्षको अगष्ट ८ मा भएको निर्वाचनमा अनियमितता भएको आरोपपछि यहाँको पुनरावेदन अदालतले निर्वाचनको नतिजालाई खारेज गरी पुनः निर्वाचन गर्न आदेश दिएको थियो।
त्यसपछि अक्टोबर २६ मा पुनः निर्वाचन भएको थियो। पछिल्लो नतिजाबाट पनि केन्याटा नै निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। रासस/सिन्ह्वा