काठमाडौं: फिल्म 'कोशेली'को पोस्टर सार्वजनिक भएको छ। पुस ७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म युनिटले प्रचारका लागि दुई पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ।
भोले बाबा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ।
निर्देशक मनोजले नयाँ पुस्ताको जीवनशैली र प्रेमकथा फिल्मले चित्रण गर्ने बताए। फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भिएफएक्स, कृष्ण कोइरालाको प्रोडक्शन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन रहेको छ।