PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान



पहिलोपोस्ट

अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान

तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताएका छन्।


नेपाली कांग्रेस साविक मिर्लुङ वडा कार्यसमिति (हाल भानु नगरपालिका–१२) द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने – 'लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ। त्यसकारण लोकतन्त्रका पक्षधर कांग्रेसलाई भोट दिएर जिताउनु होस्।'


वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यस विरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गरे।


यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे।


कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेश सभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्व सांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताले कांग्रेसको जितले मात्रै जनताको भलो र विकास निमार्णले गति लिने बताएका थिए। रासस

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell