PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चुडामणि शर्मासँग १ करोड धरौटी माग



पहिलोपोस्ट

चुडामणि शर्मासँग १ करोड धरौटी माग
फाइल फोटो

काठमाडौं: विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको छ।

थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्मा आज विशेष अदालतमा उपस्थित भएका हुन्। शर्माले अदालत पुगेर बयान दिए। 

गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो।  अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माले बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए। शर्मा पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो। निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभएको दावी गरिएको थियो। 

सुरुमा सर्वोच्चले कर फर्छ्यौट अख्तियारको क्षेत्राधिकारमा भए/नभएको भन्दै पूर्ण इजलासमा सुनुवाइका लागि पेश गर्‍यो। तर, सर्वोच्चले अन्तिम फैसलामा उक्त प्रश्न निरुपणको जिम्मा विशेष अदालतकै जिम्मामा छाडेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell