कालिकोट : पहिलो चरणमा भएको प्रतिनिधि तथा प्रदेश सभाका सबै मतपेटिका सदरमुकाम ल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १०९ मतदान केन्द्रका मतपेटिका सोमबार नै ल्याइएको थियो। बाँकी दुई ठाउँको मतपेटिका आज बिहान ल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर रावलका अनुसार जिल्लामा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान भएको र जिल्ला सदरमुकाम मान्म खांडाचक्रमा मतपेटिका पुर्याएको छ। उनका अनुसार जिल्लामा कुल ६४ हजार ९६१ मतदातामध्ये २१ हजार ९०३ जना महिला र २० हजार ९३८ पुरुष गरी ४२ हजार ८४१ मतदाताले मतदान गरेका छन्। जिल्लामा कूल मतदातामध्ये ६५ दशमलव ९४ प्रतिशत मतदान भएको थियो। रासस